काठमाडौं– विश्व बाल श्रम विरुद्धको दिवसको अवसरमा ललितपुर महानगरपालिकाले शनिबार बालप्रतिभा प्रस्तुतिकरण कार्यक्रम आयोजना गरेको छ। महानगरपालिका परिसरमा आयोजित कार्यक्रममा विभिन्न समूहका बालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल थिइन्। विशिष्ट अतिथिमा वडा नम्बर पाँचका अध्यक्ष विकाशमान श्रेष्ठ, वडा नम्बर २३ का भुयु काजी महर्जन र सामाजिक विकाश शाखाका प्रमुख बाबुराज महर्जन रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४