मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार महिनाभित्र नेपालका सबै अध्यागमनमा बायोमेट्रिक्स प्रणाली सुरु

चार महिनाभित्र नेपालका सबै अध्यागमनमा बायोमेट्रिक्स प्रणाली सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा– आगमी चार महिनाभित्र नेपालका सबै अध्यागमन कार्यलयमा बायोमेट्रिक्स प्रणाली सुरु गरिने अध्यागमन विभागका महानिर्देशक इश्वर राज पौडेलले बताएका छन्। 

शुक्रबारदेखी  भैरहवामा सुरु अध्यागमन ऐन नियम तथा भाषा प्रशिक्षण विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महानिर्देशक पौडेलले विश्वमा सबैभन्दा बढी बैज्ञानिक र प्रचलित उक्त प्रणाली सुरु भएपछि पर्यटक आवगमनका समस्या नहुने बताए । 

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रीने बेलहियाबाट प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटक नेपाल आए नआएको पत्तो नै नपाउने गरेकोले अध्यागमनमा कडाई गर्न पर्यटन व्यवसायीले नै आग्रह गरेपछि महानिर्देशक पौडेलले सुरक्षाका दृष्टिले अत्यन्तै महत्वपुर्ण उक्त प्रणाली सुरु गर्न थालिएको बताए। सो अवसरमा महानिर्देशक पौडेलले बेलहियास्थित अध्यागमन कार्यलयको स्तरोन्नती गरिने पनि जनाए।

उनले भने, ‘यहाँको कार्यलयको पनि स्तरोन्नती गरिनेगरी पाँच कठ्ठा जग्गासमेत मन्त्रीपरिषदको निर्णय अनुसार प्राप्त भइसकेको छ। अबको डेढ वर्षमा त्यहाँ सुविधा सम्पन्न भवन बनाएर अध्यागमन कार्यलयलाई व्यवस्थीत गर्ने तयारीमा छौं।’

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रीने बेलहिया नाकाबाट श्रीलंका, थाइल्यान्ड, म्यानमार, भियतनाम, चाइना र दक्षिण कोरियाका सबैभन्दा बढी पर्यटक भित्रिने गरेको तथ्यांकमा उल्लेख छ। २०४१ सालमा निर्माण भएको बेलहियास्थित अध्यागमन कार्यलय समय अनुसार व्यवस्थीत नहुदा एक जना अधिकृत सहित ११ जना कर्मचारी मार्फत पनि सेवा प्रवाह गर्न धौ–धौ भएको छ।  भारतीय पर्यटक बाहेक बार्षिक डेढ लाख भन्दा बढी विदेशी पर्यटक भित्रिरहेको उक्त नाकामा रहेका अध्यागमन कार्यलय व्यवस्थीत हुने भएको हो। 

होटल एशोसियनस अफ नेपालका केन्द्रीय सदस्य चन्द्र प्रकाश श्रेष्ठले भारतबाट नेपाल आउने पर्यटकलाई नेपाल आएको महसुस गराउन बसबाट उतारेर मात्रै भिसा लगाउने व्यवस्था गर्न आग्रह गरेका छन्। यसैगरी नेपाल ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) प्रदेश ५ का कार्यबाहक अध्यक्ष सन्जय बजिमय, सिद्धार्थ होटल एशोसियनका बरिष्ठ उपाध्यक्ष किशोर जोसी,  पर्यटन व्यवसायीहरू रबिन्द्र शर्मा घिमिरे, टुर गाइड आचर्य, मुकुन्द गौतमलगायतले ग्यास सिलीन्डर सहित नेपाल आउने पर्यटक भन्दा गुणस्तरीय पर्यटक भित्राउन जरुरी रहेकोले लुम्बिनी भ्रमण वर्ष २०७६ ले उक्त कार्यलाई सघाउने विश्वास व्यक्त गरे।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको अध्यागमन कार्यलय बेलहिया प्रमुख गिरीराज खनालले बताए।  होटल व्यवसायी, पर्यटक प्रहरी, टूर गाइडलाई ३० घण्टाको अँग्रेजी भाषा प्रशिक्षण दिनेगरी थालिएको कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उपस्थिती रहेको थियो। अमेरिकन राजदूताबासको सहयोगमा हुन गईरहेको उक्त भाषा प्रशिक्षणमा डेभिड आरनाल्र्डले सहजीकरण गर्ने मधुकर पाण्डेले बताए। नेपालमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१, अध्यागमन कार्यबीधि २०६५ प्रयोगमा रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।