धनगढी - रुखले च्यापेर कैलालीमा एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-९ मनिका सामुदायिक वन मुर्कटीमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर गोदावरी ११ का श्रवण रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव सेती अञ्चल अस्पतालमा पोष्टमार्टका लागि राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४