काठमाडौं - भोली (आइतबार) काठमाडौं उपत्यकाका निजी विद्यालय बन्द हुने भएका छन्। कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको निधनको शोकमा आइतबार निजी विद्यालय बन्द हुने भएका हुन्।
निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगरकमिटीका अध्यक्ष एवं बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालकुमार गुरुङको असामयिक निधनको शोकमा काठमाडौँका सम्पुर्ण निजी विधालयहरु बन्द हुने भएका छन्।
प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा आइतवार काठमाडौं भरिका सम्पुर्ण निजी विद्यालय बन्द गर्ने निर्णय गर्दै सोही अनुसार कार्यान्वयन गर्न आफ्ना सदस्य विधालयहरुलाई विज्ञप्तिमार्फत अपिल गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४