मंगलबार, साउन २६, २०८३

काठमाडौंमा गर्मी बढ्दो, आज वर्षाको सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सर्वाधिक मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबारको अधिकतम तापक्रम यो वर्षकै उच्च ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। शनिबार पनि उपत्यकाका तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ। तापक्रम बढेपनि दिउँसोपछि आशिंक बदली भइ बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको महाशाखाले जानकारी दिएको छ।

यस्तै शुक्रबार सबैभन्दा बढी तापक्रम धनगढीमा मापन गरिएको छ। धनगढीको अधिकतम तापक्रम ४२ दशमलव ३ मापन गरिएको छ भने दिपायल र भैरहवाको अधिकतम तापक्रम समान ४२ दशमलव १ मापन गरिएको छ।

तीन दिनको मौसमी पूर्वानुमान

जेठ ३२ गते (शनिबार)

दिउँसो: देशको पूर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही  स्थानहरुमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना देखिन्छ।

राति: देशको पूर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

असार १ गते (आइतबार)

दिउँसो: देशको पूर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी भू-भागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

असार २ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।