ललितपुर - गुठी जग्गा भू-माफियालाई सुम्पने डिजाइनसहित सरकारले ल्याएको गुठी विधेयकको विरोधमा नागरिक प्रदर्शन जारी रहेको छ। सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी विधेयकको विरोधमा उपत्यकासहित अन्य ठाउँमा पनि प्रदर्शन सुरु भएका छन्।
यसैबीच शुक्रबार साँझ ललितपुरको पाटनमा मसाल जुलुस निकालिएको छ। स्थानीयले गुठी विधेयकले नेवार संस्कृतिमाथि प्रहार गरेको भन्दै पाटनमा मशाल जुलुस निकालेका हुन्।
सरकारले गुठीयारलाई अधिकार बिहिन बनाउने डिजाइनसहित विधेयक ल्याएको प्रदर्शनमा सहभागीको आरोप छ। उनीहरुले उक्त विधेयक तत्काल फिर्ता लिन सरकारलाई चेतावनीसमेत दिएका छन्।
हेर्नुस् भिडियो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...