मंगलबार, साउन २६, २०८३

सिमेन्ट उद्योगको ढलान भत्कियो, तीन जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दाङ - दाङमा सम्राट सिमेन्ट उद्योगको ढलान भत्कँदा तीन मजदुरको मृत्यु भएको छ। लमही नगरपालिका ७ मा रहेको सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा शुक्रबार राति छैटौं तलाको ढलान भत्कँदा उनीहरुको मृत्यु भएको हो। 

मृत्यु हुनेमा तीनै जना भारतीय नागरिक रहेका छन्। मृत्यु हुनेमा भारत झारखण्डका ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव रहेका छन्। यस्तै अन्य तीन जना घाइते भएका छन्। घाइतेको फलोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचारपछि बुटवल लगिएको छ। 

घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।