मंगलबार, साउन २६, २०८३

उपाधिमा केन्द्रित छौं, नेयमारमा हैन : प्रशिक्षक टेटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी– ब्राजिलले घरेलु मैदानमा आयोजना हुन लागेको कोपा अमेरिकाको उद्घाटन खेलमा शनिबार बिहान बोलिवीयासँग खेल्दै छ। खेल साओ पउलो मोरुम्बी मैदानमा नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु हुँदैछ। 

प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको ब्राजिलका प्रशिक्षक टेटेले यतिबेला कोपा अमेरिकाको उपाधिमा केन्द्रित रहेको बताएका छन्। उनले आफु नेयमारको चोटप्रति नभई प्रतियोगिताको उपाधिमा केन्द्रित भएका बताएका छन्। 

‘नेयमारका बारेमा मिडियामा जति चर्चा हुन्छ, त्यती नै स्क्वाड भित्र पनि उनको बारेमा कुरा हुन्छ।’ प्रशिक्षक टेटेले भने, ‘तर, यतिबेला हामी टिमभित्र आफ्नो तयारीमा केन्द्रित छौं।’ उनले थपे, ‘दुनियाको तेस्रो सर्वश्रेष्ठ खेलाडी नेयमारविना हामी खेल्दै छौं। हामी उनी विनापनि उपाधिका लागि तयार छौं।’

‘उपाधि जित्नु हाम्रा लागि महत्वपूर्ण छ। हामी यसका लागि टाढा भाग्ने छैनौं। तर, जितका लागि हामीले कदममा कदम मिलाएर जान जरुरी छ’, टेटेले भने। 

त्यस्तै घरेलु समर्थकमाझ कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो जिम्मेवारी भएको मिडफिल्डर कसमिरोले भने। ‘हामी हाम्रो सबैभन्दा स्टार खेलाडी नेयमारविना छौं। तर पनि हामी मजबुत छौ।’, कसमिरोले भने, ‘यसमा कुनै शंका छैन की हामी तयार छौं। अहिलेसम्म गरेका तयारीबाट हामी सबै सन्तुस्ट छौं।’
 
ब्राजिलले आठ पटक कोपा अमेरिकाको उपाधि जितेको छ। तीन पटक कोपा अमेरिका च्याम्पियनसिपको नामबाट प्रतियोगिताको आयोजना हुँदा उपाधि जितेको थियो भने पाँच पटक कोपा अमेरिककै नामबाट उपाधि जितेको छ ।

सन्  १९१९, १९२२ र १९४९ मा कोपा अमेरिका च्याम्पियनसिपको नामबाट उपाधि जितेको थियो भने सन् १९८९ मा आफ्नो घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको नामबाट उपाधि जितेको थियो । त्यसपछि ब्रजिलले सन् १९९७, १९९९, २००४ र २००७ मा कोपा अमेरिकाको उपाधि जितेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।