काठमाडौं– नेपाल इन्भेष्ट मेन्ट (एनआइविएल) बैंक र यसका साझेदार बैंकहरूबिच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा सिन्डिकेटेड फ्यासिलिटिको सम्झौताभएको छ। उक्त जलविद्मुत आयोजना चाइना हारवर इन्जिनियरिङ्ग कम्पनिद्वारा प्रवर्धित कम्पनी सालासुङ्गि पावर लिमिटेडले निर्माण गर्ने छ।
शुक्रबार भएको सम्झौता समारोहमा एनआइविएल बैंकका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रूपमा सम्झौतामा हस्ताक्षर गरेकाहुन्।
उक्त आयोजना रन अफ द रिभरमा आधारीत आयोजना हो। आयोजना रसुवाको सान्जेन खोलामा निर्माण हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४