मंगलबार, साउन २६, २०८३

६ सय ५९ ले चढे सगरमाथा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ।
    
यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना (सरदार, गाइड र शेर्पासमेत गरेर) जम्मा एक हजार २३ रहेका थिए। पर्यटन ऐन, २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि अनुमति दिइएको हो।
    
यस यामको सगरमाथा आरोहणका क्रममा आठ जनाको मुत्यु भएको र एक जना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले उल्लेख गरेको छ। सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको भनी सञ्चारमाध्यममा आएको विषयको खण्डन गर्दै विभागले आरोहणमा खटिने सम्पर्क र विभिन्न एजेन्सीको विवरणअनुसार मुत्युका कारण (लेक लाग्ने, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी) बाट खुल्न गएको स्पष्ट पारेको छ। 
    
सगरमाथा आरोहणका लागि यस वर्ष अनुमति प्राप्त आरोही सदस्य सङ्ख्या ३८१, सन् २०१८ मा ३४६ र सन् २०१७ मा ३६६ थियो। अघिल्लो भन्दा यस वर्ष ३५ जना मात्र बढी हो। त्यस्तै सन् २०१८ मा सन् २०१७ को तुलनामा १५ जना मात्र बढी रहेको विभागको अभिलेखले देखाएको छ। विभागको अभिलेख हेर्दा अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्याङ्कलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
    
यस मौसममा सगरमाथा लगायतका हिमालको आरोहणका लागि क्रमशः मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानूनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाव दिन अध्ययन समिति गठन गरिएको छ।
    
गत जेठ २४ गते (प्रधानमन्त्रीस्तर) को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको र उक्त समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको विभागले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।