मंगलबार, साउन २६, २०८३

अत्याधिक गर्मीले वीरगंजको विद्यालय बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- विगत केही दिनयता लगातार बढ्दै गइरहेको गर्मीले वीरगंजका सबै विद्यालय बन्द हुने भएका छन्। अत्याधिक गर्मीका कारण विद्यालय आउजाउ गर्न समस्या हुनुका साथै बालबालिकाहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालयहरू बन्द गर्ने निर्णय भएको हो।

‘महानगरपालिका अन्तर्गत सञ्चालित विद्यालयका प्राधानाध्यापकहरूको छलफल तथा नगर शिक्षक महासंघसमेतको राय अनुसार प्रचण्ड गर्मीको प्रतिकूल मौसमलाई मध्यनगर गर्दै १ अषाढदेखि ६ अषाढसम्म वर्षे विदाबाट कट्टा हुनेगरी महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।

अत्याधिक गर्मीका कारण बालबालिकालाई विद्यालयसम्म पुग्नसमेत कठिनाइ हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय भएको महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए। चर्को गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै कतिपय विद्यालयमा बेहोस हुने समस्यासमेत देखिएपछि महानगरपालिका अन्तर्गतका सामुदायिक तथा निजी विद्यालयहरू अषाढ ६ सम्म बन्द गरिएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।