मंगलबार, साउन २६, २०८३

सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भक्तपुर - वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते आयोजना गरिने समारोहमा अभिनन्दन गर्न लागेको हो। 

समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा जोशीले पुर्‍याएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिए। 

अभिनन्दन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उनले जानकारी दिए। असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा र्‍याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।