मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारलाई चुनौती दिँदै विप्लव समूहको जनपरिषद् अधिवेशन

सरकारलाई चुनौती दिँदै विप्लव समूहको जनपरिषद् अधिवेशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारलाई चुनौती दिँदै विप्लव समूहले जनपरिषद् अधिवेशन गरेको छ।

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सिन्धुलीको अज्ञात स्थलमा बुधबार जिल्ला जनपरिषद्को तेस्रो अधिवेशन गरेको हो।

अधिवेशनको प्रमुख अतिथि जिल्ला इन्चार्ज शशी थिए भने परिषद्को बैठकको अध्यक्षता नेकपाका जेष्ठ जिल्ला समिति सदस्य ल्वाङसिंहले गरेका थिए।

अधिवेशनले १९ सदस्यीय जनपरिषद् गठन गर्दै अध्यक्षमा आरबीलाई चयन गरेको छ। जनपरिषद् प्रमुखमा कपिल निर्वाचित भएका छन्। जनपरिषद् प्रमुख कपिलको नेतृत्वमा पाँच सदस्यीय जिल्ला जनपरिषद् घोषणा गरिएको जनाइएको छ।

जनपरिषद् सदस्यमा ज्ञानबहादुर, राजन, सुनिता र गर्जन छन्। अधिवेशनमा दक्षिण सिन्धुली जिल्ला सेक्रेटरी गोपाल र पूर्वी सिन्धुली जिल्ला सेक्रेटरी शेरमान पनि सहभागी रहेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।