मंगलबार, साउन २६, २०८३

हाजिरी जमानीमा रिहा भए प्रनेश गौतम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - साइबर अपराधको अभियोगमा पक्राउ परेका फिल्म समिक्षक प्रनेश गौतम रिहा भएका छन्। गौतम हाजिरी जमानीमा रिहा भएका हुन्। 

वीर विक्रम २’का निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले प्रनेशलाई पक्राउ गरेको थियो। उनीमाथि साईबर अपराधको आरोप लागेको थियो। फिल्मको समीक्षाको नाममा फिल्मको व्यापार चौपट हुनेगरी बोलेको र केही अश्लिल शब्द प्रयोग भएको भन्दै निर्देशक चाम्सले उजुरी हालेका थिए।

गौतमले युट्युवमा अश्लिल शब्दसहितको भिडियो पोस्ट् गरेको, घरेलु हतियारको प्रयोगगरि मानिस धम्काएको, सामाजिक संजालको दुरुपयोग गरेको अभियोगमा गत शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । 

गौतमको गिरफ्तारीपछि अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भएको भन्दै बिरोध प्रर्दशन तथा समाजिक संजालमा समेत चर्को विरोध भएको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।