काठमाडौं- सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकको विरोध शिवसेना नेपालले गरेको छ।
शिव सेनाका अध्यक्ष अनिल बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै हिन्दु धर्म, संस्कारलाई समाप्त पार्न गुठी विधेयक आएको दाबी गरेका छन्।
विदेशीको इशारामा संस्कृति मेटाउने खेल भएको भन्दै गुठी विधेयकको विरोधमा हुने हरेक आन्दोलनलाई समर्थन र सहयोग रहने शिब सेनाले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४