मंगलबार, साउन २६, २०८३

'पप्पु'लाई कारबाही गर्न स‌ंसद्को निर्देशन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तीनकुनेको निर्माणाधीन पुलमा बदमासी गरेको भन्दै संसदको विकास तथा प्रविनिधि समितिले पप्पु कन्स्ट्रक्सनमाथि कारबाही गर्न निर्देशन दिएको छ।

शुक्रबार बसेको समितिको बैठकले कारवाहीको निर्देशन दिएको सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन्। पुलमा समस्या भएको भन्दै यसअघि सडक विभागले काम रोक्न निर्देशन दिएको थियो। सोहीअनुसार करिब तीन महिनादेखि काम रोकिएको थियो।

तीन महिनाअघिदेखि नै रोकिएको काम अगाडि नबढाउन समितिले निर्देशन दिएको पप्पु कन्स्ट्रक्सनले जनाएको छ। पुलको रिडिजाइनका लागि पुल्चोक इन्जिनियरिङ कलेजमा पठाइएको थियो। तीन दिनअघि प्रतिवेदन आएको र सोहीअनुसार स्वीकृतका लागि सडक विभागमा पठाइएको कन्स्ट्रक्सनले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।