मंगलबार, साउन २६, २०८३

सुनका गहना र नगदसहित चार पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलाली प्रहरीले चोरीका सुनका गहना र नगदसहित चार युवालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याएको सुन, नेपाली र विभिन्न देशको मुद्रासहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

कैलाली प्रहरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि गहन र नगदसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कंचनपुर कृष्णपुर नगरपालिका- ४ का ३८ वर्षीय मानबहादुर कार्की, सोही ठाउको वडा नम्बर ५ बस्ने ४३ बर्षीय सन्तोष भट्टराई, कैलाली गौरीगंगा नगरपालिका– ८ का २१ बर्षीय कुमार भुल र गोदावरी नगरपालिका७ बस्ने २८ बर्षीय योगेन्द्र बिक रहेका छन् । 

उनीहरुले भारतको लुदियाना पंजाव गुरुनगर बस्ने पुनम मलोत्राको घरबाट सुन र हिराका गरगहना र नगद चोरी गरेको सुचनाका आधारमा पक्राउ गरिएको कैलाली प्रहरी प्रमुक प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए । 

मलोत्रासहितको टोली नेपाल आएर प्रहरीलाई खवर गरेपछि चोरीमा संलग्नहरुलाई बिभिन्न ठाउबाट पक्राउ गरिएको गिरीले बताए । चोरीमा संलग्न केही व्यक्ती फरार रहेको प्रहरीले जनाएको छ। 

मलोत्राले प्रहरीमा बुझाएको बिबरण अनुसार थुप्रै सुन र हिराका गहना अझै फेला पर्न सकेका छैनन् । बरामद गरिएको केही गहनाहरु आफ्नो नभएको मलोत्राले बताईन् । परिवार बाहिर गएको मौका छोपेर घरमा काम गर्ने एक नेपालीलाई बेहोस हुने औषधी खुवाई मे ११ तारिखको दिन चोरी भएको उनले जानकारी दिईन् । 

प्रहरी उपरीक्षक गिरीले पक्राउ परेख समूह यसअघि पनि भारतका विभिन्न ठाउमा चोरी गरेर फरार रहेको बुझिन आएको जानकारी दिए । पंजाबमा मात्रै एक महिनाको अवधिमा  तीन घरमा चोरी भएको खबर प्रहरीलाई आएको उनले सुनाए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।