मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतसँग जोड्ने व्यापारिक मार्गमा उद्योगीले किन झिके किचलो ?

भारतसँग जोड्ने व्यापारिक मार्गमा उद्योगीले किन झिके किचलो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगंज- भारतसँग जोड्ने मुख्य व्यापारिक मार्गको निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको बेला उद्योगी र सडक आयोजना कार्यालयबीच विवाद चर्किएको छ ।

उद्योगीले व्यापारिक मार्ग निर्माणमा प्राविधिक त्रुटी भएको दाबी गर्दै मार्गको दायाँ बायाँ निर्मित नालामा उद्योगले उत्सर्जन गर्ने पानी समेत बहाव हुने गरी खुल्ला गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

अहिले व्यापारिक मार्गसँगै निर्माण गरिएको नालामा उद्योगबाट निस्किने पानी बगाउन नसकिने देखिएके छ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, समयमै समाधान नखोजिए अद्योगिक करिडरसँगै असपासको बस्ती समेत डुबानमा पर्नेछ ।
 
एशियाली व्यापारिक मार्ग निर्माण गरिनु अघि त्रिभूवन राजपथको छेउमा संचालनमा रहेका दुई सयभन्दा बढीको संख्याको ठूला उद्योगको परिसरबाट उत्पादनको क्रममा प्रयोग भएको पानी र वर्षातको पानी उद्योग परिसरको नाला हुँदै सडक छेउछाउ र आसपासको खेतमा जम्मा हुने गरेको थियो । 

अहिले पथलैयादेखि दक्षिण वीरगंजको गण्डक नहरसम्म त्रिभूवन राजपथको स्तरोन्नती गर्दै एशियाली मापदण्डको लेन भएको व्यापारिक मार्ग निर्माण कार्य भइरहेको छ । पथलैयादेखि वीरगंजसम्मको दूरी २९ किलोमिटर रहेकोमा पथलैयादेखि परवानीपुरसम्म ६ लेन र परवानीपुरदेखि वीरगंजको गण्डक चोकसम्म ४ लेनको सडक निर्माण कार्य भइरहेको छ ।

व्यापारिक मार्ग आयोजना कार्यालयले राजमार्गमा वर्षातको पानी  र उद्योगबाट निस्किने सफा पानी बहाव गर्न दिइने भएपनि फोहोर पानी नालामा बगाउन नदिइने व्यापारिक मार्ग परियोजनाका प्रमुख संजय मिश्रले बताए ।

उनले भने, उद्योगले पहिले जथाभावीरूपमा फोहोर पानी सडक छेउ,असपासको नाला,खोला,नदीमा मिसावट गर्दै अएकोमा अब व्यापारिक मार्गको नालामा पनि फोहर पानी मिसाउन पाउनेछैनन्,पानीलार्इ प्रशोधन गरेपछि मात्र नालामा छोड्न मिल्नेछ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले वैदेशिक सहयोगमा निर्माण भइरहेको व्यापारिक मार्गको निर्माण कार्य पहिले नै समय सीमाभन्दा ढिलो भइसकेकोले अहिले कुनै कारणले कामलाई बाधा हुन नदिन व्यापारीसँग अग्रह गरे । उनले भने, अहिले मार्ग निर्माण कार्य जारी रहन दिनुहोस्,उद्योगीका समस्याबारे अध्ययन गरेर त्रमशः सम्बोधनको लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराइनेछ ।

उद्योगीले मार्गमा निर्माण गरिएको सेवा गल्ली (सर्भिस लेन) साँघुरो भएकाले उद्योग परिसरमा ठूलो लम्बाइका मालवाहक गाडी लैजान समस्या हुने भन्दै अयोजना कार्यालय र सडक विभागको ध्यानाकर्षण गराएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्