मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु        

जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु        

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिकामा शुक्रबार बिहान जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन को मृत्यु भएको छ ।

महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको जेसीबीले विपरीत दिशाबाट आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परेर अटोरिक्सामा रहेका तीनको मृत्यु भएको डीएसपी ज्ञान विष्टले जानकारी दिए ।  दुई पुरुष र एक महिलाको दुर्घटनामा परेर मृत्यु भएको छ । घाइते तीनको अहिले अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको डीएसपी विष्टले बताए । दुर्घटनामा घाइते भएका भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।