काठमाडौं- रामेछापको दोरम्बा–६, भष्मेडाँडामा स्वास्थ्यकर्मी चढेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति सडकबाट करिब ५ सय मिटर तल खसेको दुर्घटना भएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतम रहेका छन्।
उनीहरुको धुलीखेलस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरु सबैको अहिले धुलीखेलस्थित अस्पतालमा उपचार भइराखेको छ ।
प्रहरीका अनुसार, बसका चालक र सहचालक बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइराखेको छ । बसमा औषधिसहितको स्वास्थ्यकर्मीहरु चढेको बताइए पनि को को घाइते छन् भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४