मंगलबार, साउन २६, २०८३

पास्नीको भोज खाँदा धादिङमा ३० जना बिरामी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धादिङ- धादिङकाे नीलकण्ठ नगरपालिका-११ सिम्ले ज्यामरुङमा हिजो पास्नीको भोज खाएकामध्ये ३० जना भन्दा बढी विरामी परेका छन् । 

स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी विरामी परेको र १९ जनाको अवस्था जटिल भएकोले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।
 
साविकको ज्यामरुङ गाविसका अध्यक्ष डम्बरबहादुर अधिकारीका अनुसार बिरामी हुनेमा सञ्जिता आले, सरस्वती आले, पूजा तिमिल्सिना, देवकुमारी आले, मनिता आले, कमला मुर्छान, सुनिता आले, रविना धमला, अर्जुन तिमिल्सिना, महेश आले, जानाबु परियार, रेशम आले, अनुजा तिमिल्सिना, मनिष आले, माहिली राना र अनुषा तिमिल्सिना छन् ।
 
बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, वान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने पखाला लाग्ने, रिङ्गटा लाग्ने, रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो । 

उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने आशङ्का गरेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।