एजेन्सी- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) वेस्टइन्डिजले आयोजक इंग्ल्यान्डको सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुने छ ।
आयोजक इंग्ल्यान्ड तेस्रो जितको खोजीमा रहेको छ भने वेस्टइन्डिज दोस्रो जितको खोजिमा रहेको छ । आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पराजति भएको थियो । तेस्रो खेलमा इंग्ल्यान्डले बंगलादेशलाई पराजित गरेको थियो ।
यता वेस्टइन्डिजले तीन खेलमा एक खेलमा जित र एक खेलमा पराजित हुँदा एक खेल बर्षका कारण अंक बाड्न बाध्य भएको थियो । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजति गर्दा दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध पराजित भएको थियो । त्यस्तै दक्षिण अप्रलीकाविरुद्धको खेल भने बर्षका कारण हुन सकेन् ।
यस खेलमा जितका लागि इंग्ल्यान्डका खेलाडी वेस्टइन्डिजका बलर र ब्याट्सम्यानबाट सचेत हुन जरुरी छ । किनकी क्रिस गेल, आन्द्रे रसेल, ब्रैथवेट जस्ता ब्याट्सम्यानले कुनै पनि समय खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४