मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाडी भाडा बढेको पाँच घण्टामै फिर्ता, रात्रि बस पनि नचलाइने

गाडी भाडा बढेको पाँच घण्टामै फिर्ता, रात्रि बस पनि नचलाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धि गर्ने निर्णय गरेको पाँच घण्टामै फिर्ता लिएको छ ।

सरकारको निर्णय लगतै उपभोक्ता, अधिकारकर्मीहरुले चर्को विरोध गरेपछि यातायात व्यवस्था विभाग भाडा बढाउने निर्णयबाट पछि हटेको हो । 

बिहीबार दिउँसो सार्वजनिक सवारीका साधनमा २० प्रतिशतसम्म भाडा बढाउने निर्णय गरेको विभागले थप अध्ययन गर्नुपर्ने भन्दै स्थगन गरेको हो। बिहीबार दिउँसो असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो।

स्रोतका अनुसार कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछि हटेको हो। महानिर्देशक कुमार दाहालले पनि चौतर्फी दबाब आएपछि भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्वीकार गरे। 

 विभागले काठमाडौं उपत्यकामा रात्रीकालिन सार्वजनिक बस सञ्चालन गर्ने निर्णय पनि स्थगित गरेको छ। भाडाका कारण असर परेको भन्दै विभागले तत्कालका लागि उपत्यकामा रात्रिकालिन बस चलाउने निर्णय कार्यान्व्यन गर्न नसकिने जनाएको छ । 

त्यस्तै, मालबाहक ढुवानीका साधनलाई प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि स्थगित भएको प्रवक्ता तीर्थराज खनालले जानकारी दिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।