मंगलबार, साउन २६, २०८३

छोराले गरे बाबुको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– अछाममा चिरपटले हानेर छोराले बुबाको हत्या गरेका छन्। अछामको चौरपाटी गाउँपालिका– ५ लुंग्रामा ५६ वर्षे मीने ढोलीलाई जेठो छोरा प्रेम ढोलीले चिरपटले हानेर हत्या गरेका हुन्। 

बुधबार राती विवाद भएपछि चिरपटले लागेर ढोलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक ढोलीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीका अनुसार हत्या गर्ने प्रेमलाई प्रहरीले नियन्त्रण लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।