मंगलबार, साउन २६, २०८३

‘प्रहरी प्रशासनकै मिलोमतोमा चुरे उत्खनन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कानूनको फितलो कार्यान्वयनले चुरे दोहन बढाएको बताएका छन्। एउटा निकायले बालुवा, गिट्टी उत्खननमा रोक लगाउँदा अर्कोले उत्खनन गर्न आदेश दिन्छ भन्दै राउतले कानूनको कार्यान्वयन फितलो हुँदा समस्या आएको उल्लेख गरे।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन र मनसुन पूर्वतयारी सम्बन्धमा विहिबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले विपद् जोखिम न्यूनिकरणको लागि मानसिक, भौतिक र प्राविधिक रुपमा तयार हुनुपर्ने बताए।

प्रदेश २ का जिल्लास्थित विभित्र नदीमा भइरहेको उत्खननबारे प्रहरी प्रशासनलाई जानकारी भएपनि चासो नलिएको मुख्यमन्त्री राउतको आरोप छ । ‘चुरे क्षेत्रमा स्काइभेटर, ट्रिपरको प्रयोग भइरहेको छ,’ उनले भने,‘यसरी चुरे क्षेत्र कसरी संरक्षित हुन्छ?’ राउतले प्रहरी प्रशासनकै मिलोमतोमा उत्खनन कार्य भइरहेको दाबी गरे।

तराई मधेशको लाइफलाइन रहेको चुरे विानस भएपछि यो क्षेत्र मरुभूमि बन्ने निश्चित रहेपनि सरोकारबला कसैले ध्यान नपुर्‍याएको राउतले बताए। बालुवा, गिट्टी उत्खननसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएपनि स्थानीय तहलाई ठेक्काको अधिकार दिएर प्रक्रियालाई जटिल बनाइएको उनको भनाइ थियो।

राउतले विपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकार प्राधिकरण बनाउने तयारीमा रहेको जानकारी दिए।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले विपद् आइसकेपछि व्यवस्थापन गर्नुभन्दा पूर्वतयारीको अवस्थामा बस्नु पर्ने धारणा राखे। कार्यक्रममा पूर्वशिक्षामन्त्री तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विज्ञ गंगालाल तुलाधरले नेपालमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन, विद्यमान प्रावधान र मनसुनपूर्व तयारीका विषयमा प्रस्तुतिकरण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।