मंगलबार, साउन २६, २०८३

लथालिङ नगरपालिका : बालबालिकाले पाएनन् दिवाखाजा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणदेखि शैक्षिक, सामाजिक, आर्थिक अवस्थाले फडको मार्ने अपेक्षा गरिएको थियो। २० वर्षपछि भएको स्थानीय तहको चुनावमा मतदाताले यस्तै अपेक्षा राखेर उत्साहपूर्वक भाग लिएका थिए।

झन विद्यालयहरू स्थानीय तहअन्तर्गत रहने भएपछि आफ्नै जनप्रतिनिधि हुँदा शैक्षिक अवस्थामा सुधार आउने आंकलन गरिएको थियो। तर, आमनागरिकले गरेको अपेक्षाअनुसार विगतको भन्दा खासै परिवर्तन भएको देख्न सकिएको छैन्।

कहिले जनप्रतिनिधिबीचको आन्तरिक किचलो त कहिले अख्यितारको छापाका कारण चर्चामा आउने धनुषाको हंसपुर नगरपालिका फेरी एकपटक शिक्षकहरुको आन्दोलनले विवादमा मुछिएको छ।

हंसपुर नगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुले विगत चैत महिनादेखि तलब पाएका छैनन्। तीन महिनादेखि नगरपालिकाले तलब नदिएको भन्दै उनीहरुले शुक्रबारदेखि विद्यालय बन्द गरेर धर्नामा बस्ने चेतावनी दिएका छन्।

हंसपुर नगरपालिकास्थित बघचौरा माविका प्राधानाध्यापक रामएकबाल ठाकुरले तीन महिनादेखि शिक्षकहरुले तलब नपाएको भन्दै उपमहानगरपालिकामा तलब माग्न जाँदा उल्टै अपमानित हुनुपरेको गुनासो गरे। 

प्रावि र मावि गरी हंसपुर नगरपलिका अन्र्तगत जम्मा ३० वटा विद्यालय रहेको र कुनै विद्यालयका शिक्षकलाई नगरपालिकाले तीन महिनादेखि तलब नखुआएको उनले बताए।

कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रावि तहका बालबालिकालाई दिवाखाजाका लागि चालु आर्थिक वर्षमा ९४ लाख रुपैयाँ निकासा गरेको थियो। तर हालसम्म  नगरपालिका अन्तर्गतका विद्यालयहरुले दिवाखाजावापतको रकम पाउन सकेको छैन्। प्रति विद्यार्थी दैनिक १५ रुपैयाँको दरले दिवाखाजावापतको रकम दिने गरिएको छ। तर नगरपालिकाले विद्यालयलाई रकम भुक्तानी नगरेपछि सरकारले लागु गरेके दिवाखाजाको सुविधाबाट प्रावि तहका बालबालिका बञ्चित भएका छन्।

नगरपालिकाले रकम नदिँदा आफूहरुले बालबालिकालाई दिवाखाजा उपलब्ध गराउन नसकेको प्राधानाध्यापकहरुको भनाइ छ। आर्थिक वर्ष सकिन अब एक महिनामात्र बाँकी रहँदासम्म उपमहानगरपालिकाले दिवाखाजा शीर्षकको रकम वितरण गर्न सुरुसमेत नगरेको उनीहरुको भनाइ छ।

यसैगरी शैक्षिक सत्र सुरु भएको दुई महिना बितिसक्दापनि नगरपालिकाले पाठ्यपुस्तकको रकम उपलब्ध नगराएको प्राधानाध्यापकहरुले बताए।  नगरपालिकाले रकम उपलब्ध नगराएपछि आफैले खर्चेर पाठ्यपुस्तक खरिद गरेको र बिलअनुसारको भुक्तानी माग्न जाँदा कुनै सुनवाइ नभएको उनीहरुको भनाइ छ। प्राधानाध्यापकहरुका अनुसार हंसपुर नगरपालिका अन्तर्गतका सबै विद्यालय गरी ३०/३२ लाख रुपैयाँको पाठ्यपुस्तक खरिद भएको छ।

तलबसहित पाठ्यपुस्तकको पैसा भुक्तानी दिन आलटाल गरेपछि शिक्षकहरु विद्यालय बन्द गरेर शुक्रबारदेखि नगरपालिकामा धर्ना बस्ने चेतावनीसहित जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास समन्वय इकाई समिति धनुषा र हंसपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन्। तलबसहित पाठ्यपुस्तकमा खर्चेको रकम नगरपालिकाले भुक्तानी नगरेसम्म पठनपाठन नगराउने उनीहरुले बताएका छन्। 

नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले तलब भुक्तानी नगरेर नगरपालिकाले जबरजस्ती शिक्षकहरुलाई आन्दोलित बनाउने काम गरेको बताए। नगरपालिकाको ढिलासुस्तीका कारण बालबालिकाहरु समेत दिवाखाजाको सुविधा पाउन नसकेको उनको भनाइ छ।

यता हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले शिक्षकमात्र नभएर नगरपालिकाको कर्मचारीहरु समेत तीन महिनादेखि तलब पाउन नसकेको बताए। यसअघि रहेका लेखापालले बरबुझारत नै नगरी गएपछि समस्या आएको उनको भनाइ छ। ‘पछिल्ला लेखापालले बरबुझारत गर्नु भएको छैन्,’ यादवले भने,‘हरहिसाब स्पष्ट नहुँदासम्म त्यतिकै चेक काट्न मिल्दैन। यसैकारण यस्तो समस्या आएको हो।’

गत चैत १० गते प्रशासकीय अधिकृत जयनारायण खनाल निलम्बनमा परेका थिए। त्यसको केही दिनपछि तत्कालीन लेखापाल सरुवा भएर गएका थिए। वर्तमान प्रशासकीय अधिकृत ८ वैशाखमा कार्यालयमा हाजिर भएका हुन्।

सुरुदेखि बालबालिकालाई दिवाखाजा, पाठ्यपुस्तकलगायतको रकम किन उपलब्ध गराइएन यसबारे आफूलाई केही जानकारी नरहेको प्रशासकीय अधिकृत यादवको भनाइ छ।

यता उपमहानगरपालिकाका एकजना जनप्रतिनिधिले भने रकम अनियमितता गर्ने उद्देश्यले दिवाखाजा, पाठ्यपुस्तकलगायतको रकम निकासा नगरिएको तर्क गरेका छन्। चैत १० मा पछिल्ला प्रशासकीय अधिकृत निलम्बनमा परेपनि त्यसअघि दिवाखाजाको पैसा विद्यालयमा किन पठाइएन उनको प्रश्न छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।