मंगलबार, साउन २६, २०८३

माछापुच्छ्रेका चार नयाँ शाखा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- माछापुच्छ्रे बैंकले प्रदेश १ का सुनसरी र झापामा थप चार शाखा कार्यालय सञ्चालन गरेको छ। बैंकले २८ गते (मंगलबार)बाट सुनसरीको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्लाकै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा ३० गते (बिहिबार) झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड) र सोहि जिल्लाको मेचीनगर नगरपालिकास्थित काँकरभिट्टामा शाखा कार्यालयको औपचारिक समुद्घाटन गरिएको हो। 

सुनसरीको इनरुवास्थित शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखाको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे। त्यसैगरि झापा जिल्लाको चन्द्रगढी शाखाको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे। काँकरभिट्टा शाखाको मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले उद्घाटन गरेका हुन्। 

यसैगरी बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ। बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्