मंगलबार, साउन २६, २०८३

सरकार भन्छ - 'गुठी विधेयकमा छलफल गर्न तयार छौं'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले गुठी सम्बन्धी विधेयकमा छलफल गर्न तयार रहेको बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले भने, ‘गुठी विधेयकका विषयमा सरकार छलफल गर्न तयार छ। सम्बन्धीत मन्त्रालयले पनि छलफल गर्न तयार रहेको जनाएको छ। अहिले पनि छलफल भइरहेको छ।’

‘हामी सामान्तवादलाई अन्त्य गर्ने कि नगर्ने? गुठी, हलिया, जस्ता प्रथा अन्त्य गर्ने कि नगर्ने। समान्तवादका यी प्रतिकलाई भत्काउनु पर्छ।’, मन्त्री बास्कोटाले भने, ‘केही कुरा सांस्कृतिक चिजसँग जोडिएका छन्। केही कुरा सामन्ती प्रथासँग पनि जोडिएको छ। भूमिहिन किसानको समस्या समाधान गर्ने कि नगर्ने? हामीले तीव्र आर्थिक बृद्धि भनेका छौं। त्यसकारण केही प्रथा हटाउनु पर्छ।’

काठमाडौं उपत्यका र उपत्यका बाहिरका गुठीहरुको समस्या फरक रहेको बताउँदै उनले त्यसलाई विधेयकले समाधान गर्ने दाबी गरे। 

यसैगरी मिडिया काउन्सिल विधेयक संसदमा रहेकोले संसदमै छलफल हुने उनले बताए। मन्त्री बाँस्कोटाले संसदको प्रतिक्रिया अनुसार समस्या समाधान हुने बताए। ‘दर्ता भएको विधेयक संसदमा छलफल भइरहेको छ। त्यहीँबाट सुधार हुन्छ। कुनै समस्या छ भने हामी सच्याउन तयार छौं।’, उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।