मंगलबार, साउन २६, २०८३

धरौटी बुझाउन नसक्दा 'विप्लव' नेता जेल चलान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– विप्लव समूह बाँकेका जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन्। जिल्ला अदालत बाँकेले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएपनि उक्त रकम बुझाउन नसकेपछि उनी जेल चलान भएका हुन्।

चन्द जेठ १ गते काठमाडौंको शान्तिवाटीकाबाट पक्राउ परेका थिए। ५४ औं विद्यार्थी दिवसको अवसरमा विभिन्न पार्टीका विद्यार्थीसंघले आयोजना गरेको  कार्यक्रम स्थलबाट चन्द लाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

चन्द यसअघि पनि २६ दिन प्रहरी हिरासतपछि गत जेठ २६ गते १० हजार धरौटीमा रिहा भएका थिए। अदालतबाट रिहा हुने बित्तिकै  प्रहरीले उनलाई  पुनः गिरफ्तार गरी २७ गते बाँके लगेको थियो।

प्रहरीले विप्लव समूहका करिब ६ सय नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई संगठित अपराधमा मुद्दा चलाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।