काठमाडौं– जबरजस्ती बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका–८ बिस्नपुरका २२ वर्षीय डाक्टर यादव पक्राउ परेका छन्। उनलनई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो।
घरमा कोही नभएको मौकामा आफुभन्दा एक वर्ष जेठी महिलालाई बलात्कार गरेको जानकारी पाएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी देबेन्द्र पौडेलका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका यादवमाथि मुद्दा दर्ता भैसकेको छ। महिलाको स्वास्थ अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४