मंगलबार, साउन २६, २०८३

‘सरकार र लोकसेवाले गरे संसद्को उपहास’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सरकार र लोकसेवा आयोगले संसद्को उपहास गरेको गुनासो सांसदहरूले गरेका छन्। लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापन संसदीय समितिले रद्द गर्न निर्देशन दिएको थियो। तर, उक्त विज्ञापन लोक सेवा आयोगले र सरकारले रद्द नगर्ने भन्दै आएको छ।

यस विषयमा संघीय संसदको प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले भने, ‘संसद्को निर्देशन सरकार र लोकसेवाले मान्दैन भने यसभन्दा ठूलो के उपहास हुन सक्छ? संसद्मा बस्नुको के अर्थ?’

‘लोकसेवामाथि अर्को कुनै संस्था छ? जस्ले उसको निगरानी गर्छ?’, कर्णले भने, ‘त्यसकारण लोकसेवा आयोगले संसदीय समितिको निर्देशन पालना गर्नुपर्छ।’ संसद्को गरिमा कायम गराउन सभामुखलाई पनि कर्णले आग्रह गरे। उनले भने,‘ सभामुखले यसको गरिमा कायम गर्नुपर्छ। संसदीय समितिको निर्देशन पालना होस् भनेर सभामुखले निर्देशन होस्।’

‘हामीले संविधान लेख्यौं। असन्तुष्टि रहे पनि हामीले संविधान संशोधन गर्यौं। मौलिक अधिकारमा समानुपातिक समावेशी राख्यौं’, कर्णले भने,‘तर संविधानको मौलिक अधिकारलाई पालना गर्न दिइएको छैन।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।