मंगलबार, साउन २६, २०८३

लागुऔषधसहित ६ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल प्रहरीले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं, पोखरा र पर्सामा गरि ६ जना लागुऔषध कारोबारी पक्राउ परेका हुन्। बुधबार साँझ काठमाडौंको नागढुंगाबाट सिन्धुपाल्चोक चौतारा –२ का ३४ वर्षीय विदुर थापा र भारत विहारका १९ वर्षीय महम्मद सवीर पक्राउ परेका छन्।
 
थापाको  साथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाइट्राभेट १ सय ८० ट्याव्लेट  बरामद भएको छ। नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ९५५ नम्बरको बसमा जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित बसमा सवार थापालाई प्रहरीले पक्राउ गरेको हो। भारतीय नागरिक सवीरको साथबाट भने डाइजेल्याब १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल बरामद भएको छ। धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५९५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

यस्तै पर्साको पर्सागढी नगरपालिका–१ मनवा बजारबाट २० वर्षीय रामचरण महतो चौधरीसहित अन्य तीनजना पक्राउ परेका छन्। उनीहरुको साथबाट नाइट्रोभेट ६०  थान बरामद भएको छ। लागुऔषध सेवन गरी स्थानीयसँग वादविवाद गरिरहेको सुचना पाएपछि मनवा प्रहरी चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई  पक्राउ गरेको हो।

यस्तै कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोकबाट ३८ वर्षीया देवी कुमारी गुप्ता लागुऔषधसहित पक्राउ परेकी छन्। उनको साथबाट डाइजेपाम ३ सय एम्पुल, फेनारगन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल वरामद गरिएको छ। गुप्ताले लागुऔषध कारोबार गरिरहेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अमरसिंह चौरबाट उनलाई पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।