मंगलबार, साउन २६, २०८३

झापामा पनि फैलियो डेंगु : ६ जना अस्पताल भर्ना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

झापा- धरानमा महामारीको रुप लिएको  डेंगु झापामा पनि फेला परेको छ । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा ६ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको  उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा अनिल बस्नेतले जानकारी दिए ।
 
डा बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । 

भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो । दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । 

डेंगुको सङ्क्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।