काठमाडौं – जनता बैंक नेपाल लिमिटेडले एकै साथ ६ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाका तीन र अन्य स्थानमा तीन गरी ६ स्थानमा एकै दिन नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकले नयाँ थप गरेका शाखामा नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँ रहेका छन्।
देशको ग्रामिण तहसम्म बैंकिङ्ग सेवा पुर्याइ सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइएको जनता बैंकले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४