काठमाडौ - विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका उत्पादनहरु नेपाली उपभोक्ताहरुमाझ बिक्री–वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले काठमाडौंको कान्तिपथमा आफ्नो पहिलो शो रुमको उद्घाटन गरेको छ।
एक कार्यक्रमकाबीच बुधबार नायिका प्रियंका कार्कीले शो रुमको उद्घाटन गरेकी हुन्। शो रुमबाट ग्राहकले एउटै छातमुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्नसक्ने छन्। बाल्ट्राले देशका विभिन्न स्थानहरुमा चाँडै अन्य शो रुमहरु पनि खोल्ने लक्ष्य राखेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४