मंगलबार, साउन २६, २०८३

धर्ना बसेका पत्रकार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – पत्रपत्रिकालाई प्रदान गरिएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएको विरोधमा जनकपुरस्थित हुलाक कार्यालयमा धर्ना बसेका सप्तरीका पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको छ। सरकारले लोक कल्याणकारी विज्ञापनवापत आउने पैसामा कटौती गरेको भन्दै जिल्ला हुलाक कार्यालय धनुषामा बसेका सप्तरीका पत्रकारहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवसहित रामनारायण विश्वास, श्रवण देव, बैद्यनाथ यादव, भुषण सिंह, धर्मपाल राउत, नवीन गुप्ता, विन्दु यादव, परिस कर्ण, गोपाल गुप्तालाई करिब एक घन्टापछि रिहा गरिएको छ। कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले आफूहरुलाई नियन्त्रणमा लिएको पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष यादवले बताए।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले कार्यालयमा तालाबन्दी गर्न खोजेका पत्रकारहरुलाई प्रहरीले रोक्न खोजेपछि आफै प्रहरीको भ्यानमा बसेको दाबी गरेका छन्। ‘हामीले उहाँहरुलाई पक्राउ गरेको होइन्’ डीएसपी कार्कीले भने, ‘कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रहरीले रोकेको मात्रै हो। त्यसपछि उहाँहरु आफै प्रहरी भ्यानमा बस्नु भयो। जिल्ला प्रहरी कार्यालयमा आएका उहाँहरु आफै फर्कनु भएको छ।’

स्थानीय पत्रपत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापनवापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४० देखि ७० प्रतिशत रकम कटौती गरिएको भन्दै उनीहरुले बुधबार जनकपुरस्थित हुलाक कार्यालयमा धर्ना दिएका थिए।

लोक कल्याणकारी विज्ञापनमा आफूहरुसँग भएको विभेदको समाधान ननिकाले मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने सप्तरीका पत्रकारहरुले चेतावनी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।