मंगलबार, साउन २६, २०८३

लोकसेवा आयोगलाई कारण देखाउ आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापनका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ। लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

उक्त रिटमाथि सुनवाई गर्दै बुधबार सर्वोच्चले लोकसेवा आयोगको नाममा कारण देखाउ आदेश दिएको हो।

न्यायाधीश पुरुषोत्म भण्डारीको इजलासले १५ दिनभित्र लिखित कारण पेस गर्न भनेको छ। यसैगरी छलफलका लागि दुबै पक्षलाई असार ३ गते बोलाइएको छ।

लोकसेवाले गत जेठ १५ गते स्थानीय तहका विभिन्न सेवा समूहका लागि विज्ञापन आव्हान गरेको थियो। अप्राविधिक, प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि नौ हजार १ सय ६१ सिटको लागि विज्ञापन खोलिएको छ।

​​​​​​
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।