काठमाडौं - नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुठी विधेयकको विरोध गरेको छ।
प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै गुठी विधेयक ल्याएर सरकारले जनअधिकार कुल्चेको आरोप लगाएका छन्। सरोकारवालासँग छलफल नै नगरी जनताको हित विपरीत विधेयक आएको नेकपाको ठहर छ।
साथै उसले गुठीको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीद्वारा भएको दमनको निन्दा गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४