काठमाडौं – भायनेटको नयाँ शाखा ईटहरीमा खुलेको छ। इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले आफ्नो नयाँ शाखा ईटहरीमा संचालनमा ल्याएको हो।
नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १४ औं शाखा नमुना चोक, ईटहरीमा खोलेको हो। विगत १९ वर्षदेखि भायनेटले विश्वसनीय र बजेट किफायती ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ।
सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात एफटिटिएच इन्टरनेट सेवा सुचारु गरेको थियो। सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टि.भी. सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको नेटटिभीसँग साझेदारी गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४