मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले फेरि दोहोर्‍याए - ‘सरकारको नेतृत्व सहमतिअनुसार नै परिवर्तन हुन्छ’

प्रचण्डले फेरि दोहोर्‍याए - ‘सरकारको नेतृत्व सहमतिअनुसार नै परिवर्तन हुन्छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन्।

प्रेस संगठनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘मिडियामा नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ। यो पुरानै कुरा हो। हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौं त्यहीअनुसार अघि बढ्छौं।’

उनले पार्टी एकता प्रक्रियामा बाँकी सबै विषय एकैसाथ टुंगोमा पुर्‍याइने बताए। नेकपा एकीकृत भए पनि जिल्ला इन्चार्ज, सहइन्चार्ज, ज्येष्ठ कम्युनिन्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत गठन हुन बाँकी छ। एकीकरण प्रक्रिया टुंगामा पुग्न नसक्दा पार्टी गतिविधि सुस्त बन्न थालेको छ।

प्रचण्डले मिडिया विधेयक परिमार्जन हुने बताए। उनले भने, ‘मिडिया विधेयक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ। जति गृहकार्य भएर विधेयक आउनुपथ्र्याे, केही कमी रहेको देखियो। सरकार पार्टी यसमा सतर्क भएको हुनुपर्छ,’ उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।