धनगढी - बुधबार बिहान चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया संगीता भाट रहेकी छन्।
बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पलाल ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
बिहान करिव ७ बजेतिर विद्यालय जानको लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए। बालिका भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइते मध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४