काठमाडौं- संघीय संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सशक्त भएका छन्।
दुवै दलले सरकारको विरोध गर्दै जनचाहनाअनुसारका एजेन्डाहरु संसद्मा उठाउन थालेका छन्। बुधबार प्रमुख प्रतिपक्षी कांग्रेसले गुठी विधेयकको विरोध गरेको छ। गुठी विधेयक फिर्ता लिन र सच्याउन कांग्रेसले माग गरेको छ।
कांग्रेसका तर्फबाट प्रकाशमान सिंहले गुठी विधेयकले काठमाडौंका नेवारहरुको संस्कृति नै समाप्त पार्न खोजेको आरोप लगाए। उनले गुठी विधेयकको विरोधमा आन्दोलन गर्ने चेतावनी दिए।
यसैगरी अर्काे प्रतिपक्षी राजपाले लोकसेवा आयोगको विज्ञापनको विरोध गरेको छ।
राजपा अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झाले संसदीय समितिले लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन दिए पनि सरकारले बलजफ्ती गर्न खोजेको आरोप लगाए। झाले लोकसेवा आयोगबाट जारी भएको असमावेशी विज्ञापनलाई तत्काल सच्याउन उनले माग गरे।
यसैगरी राजपाले पहिलेदेखि नै उठाउँदै आएको मधेस–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक झाले माग गरे। गुठी विधेयकको विरोधमा कांग्रेसलाई राजपाले पनि समर्थन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४