धनगढी- सुदूरपश्चिमको तराईका जिल्लामा बुधबार बिहानैबाट भिषण हावाहुरीसंगै बर्षा सुरु भएको छ । कैलाली कंचनपुरमा बिहानैबाट हावाहुरीसंगै पानी पर्न थालेपछि जनजीवन प्रभावित भएको छ ।
अघिल्लो बिहिबार आएको भिषण हावाहुरीबाट प्रभावित भएकाहरु थप समस्यामा परेका छन् । हावाहुरीले घर भत्किएकाहरु पानी परे संगै पुन समस्यामा परेका हुन ।
घरको पर्खाल र छानो भत्किएर खुल्ला आकाशमुनी त्रिपाल टागेर बसेकाहरु बिचल्लिमा परेका छन् । गत बिहिवारको हावाहुरीले घर भत्किएका र छानो उडेकाहरु अधिकांशको बास खुल्ला आकासमुनी छ ।
सामान्य रुपमा छानो उडेकाहरु केहिले छानो निर्माण गरे पनि अधिकांश निर्माणको चरणमा रहेको धनगढी–१२ हिम्मतपुर मुक्त कमैया शिविरका फंगीराम चौधरीले बताए ।
उनले बिहानैबाट सुरु भएको हावाहुरीले पुनः सरसामान भिजाउनुका साथै त्रिपालसमेत उडाएको सुनाए । एक हप्ता देखि विद्युत अबरुद्द हुदा गर्मीले आजित भएका तराईबासीले पानी परेपछि भने सितल महसुस गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४