सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामै उत्कृष्ट  : अर्थमन्त्री

नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामै उत्कृष्ट  : अर्थमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एसियाकै नमुना भएको दाबी गरेका छन्। उनले पछिल्लो समय नेपाली बैंकहरुलाई विदेशीहरुले विश्वास गर्न थालेको जानकारी दिँदै देशको क्रेडिट रेटिङपछि विदेशी लगानीकर्तामाझ नेपालको बैंक अझ विश्वासिलो हुने दाबी गरे। 

उनले मंगलबार निक्षेप तथा कर्जा सुरक्षण कोषको भवन शिलान्यास गर्दै भने, ‘  नेपाली बैंकहरु विश्वासिलो बन्दै जानुको श्रेय कोषलाई जान्छ।’

उनले कोषको स्थापनापछि कुनै पनि व्यक्तिले आफ्नो निक्षेप डुब्यो भनेर गुनासो गर्न नपरेको बताए। अर्थमन्त्री खतिवडाले बैंकहरु थप समस्यामा नपरुन् भनेर संस्थालाई बलियो बनाइएको दाबी गरे।

डा. खतिवडाले बिमा तथा सुरक्षण कोषले गर्दा बैंकहरुको निष्कृय कर्जाको अनुपात समेत घटिरहेको र कोष धेरै हुँदैमा संस्था बलियो नहुने जानकारी दिए।

कोषले पाँचतले भवन निर्माणका लागि ६ करोड ६८ लाख रुपैयाँ छुट्ट्याएको कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कार्यक्रममा जानकारी दिए।

कोषमा सरकारको सेयर स्वामित्व छ। कोषले दुई अर्बभन्दा माथिको नाफा गरेको छ। हाल कोषको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ। कोषलाई बलियो बनाउन अझै दुई अर्ब रुपैयाँ पुँजी उपलब्ध गराउने खतिवडाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।