सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश मन्त्री भन्छन् –‘विपक्षीसँग कुनै ‘डिल’ भएको छैन्’

प्रदेश मन्त्री भन्छन् –‘विपक्षीसँग कुनै ‘डिल’ भएको छैन्’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ का एक मन्त्रीले विपक्षी दलसँग कुनै ‘डिल’ नभएको प्रष्टिकरण दिएका छन्। प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गराउन रस्साकस्सी चलिरहेको बेला सहमति भएपछि सरकारसँग ‘डील’ भएको चर्चा चलिरहेको बेला प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले यस्तो प्रष्टिकरण दिएका हुन्।

सही कुरामा आफूहरु एकजुटमात्र भएको भन्दै मन्त्री यादवले ‘डील’ भन्‍ने कुनै कुरा नरहेको दाबी गरेका छन्। ‘कतिपयबेला मिडियापनि छक्क परेको छ, किनकी सही कुरामा हामी सबै एक हुन्छौं,’ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे प्रदेशसभामा  सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री यादवले भने,‘सञ्चारकर्मीहरु प्रश्न तेस्र्याउँछन् केको खरिद बिक्रिमा ‘डील’ भएको छ ? तर त्यस्तो केही होइन्। सही कुरामा मात्रै हामी एक भएका हौं।’ उनले प्रदेश सरकार असफल भए यसको अपजस सबै सांसदले लिनुपर्ने जिकिर गरे।

मुलुकबाट पञ्चायती शासनको अन्त्य भइसकेपनि अझै अवशेष कायमै रहेको उनले टिप्पणी गर्दै यादवले ऐतिहासिक परिवर्तन हुँदासमेत व्यक्ति र व्यवस्था परिवर्तन नभएको बताए। 
‘गणतन्त्रमा समेत विगत झैं शासन शैलीलाई निरन्तरता दिँदा मुलुक यस्तो अवस्थामा पुगेको छ,’ उनले भने,‘संघीय सरकारले चालुतर्फ ६७ प्रतिशत र विकासतर्फ ३३ प्रतिशतमात्र बजेट विनियोजन गरेको छ। यसरी मुलुक कसरी बन्छ ?’

प्रदेश २ बाट सबैभन्दा बढी राजश्वस संकलन भएपनि संघीय सरकारले प्रदेश २ लाई उपेक्षा गरेको आरोपल लगाउँदै उनले भने,‘प्रदेश २ ले ३० देखि ३३ प्रतिशतसम्म राजश्व बुझाउँछ तर बजेट २ प्रतिशत पाएको छ। यसरी संघीयतालाई कसरी बलियो बनाउन सकिन्छ ?’ भ्रष्टाचार नियन्त्रणगर्न सातवटै प्रदेशमध्ये प्रदेश २ ले मात्र संसदीय समिति गठन गर्न सकेको उनको दाबी थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।