सोमबार, साउन २५, २०८३

कर्णालीका मुख्यमन्त्रीलाई २ अर्बको ‘रातो कार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – साझा विवेकशील पार्टीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उपहार स्वरुप २ अर्बको रातो कार दिएको छ। सरकारले विकास बजेट रकमानन्तर गरी गाडीहरु किनेर विलासीमा भुल्न थालेको भन्दै विरोध स्वरुप खेलौना रातो कार उपहार दिइएको विवेकशीलले जनाएको छ।

साझाका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले मुख्यमन्त्री शाहीलाई कार उपहार दिएका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ वटा गाडी खरिद गरेको छ भने अझै १२ वटा गाडी टेन्डरको प्रक्रियामा रहेका छन्।

यस्तै विवेकशीलले आगामी प्रदेशको बजेटमा युवा तथा रोजगारमूलक कार्यक्रम ल्याउनुपर्ने, नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क गरिनुपर्ने, कर्णालीमा मेडिकल कलेजको स्थापना लगायतमा ८ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको छ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।