सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुठी विधेयक चर्को विरोध : नेवार समुदायलाई एकजुट हुन आग्रह

गुठी विधेयक चर्को विरोध : नेवार समुदायलाई एकजुट हुन आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेलले राष्ट्रघाती गुठी विधेयक ल्याएर सरकारले मुलुकको जातीय एवम् संस्कृति नामेट गर्न लागेको आरोप लगाएका छन्। उनले गुठी विधेयकका विरोधमा एकजुट हुन राजधानीमा सम्पूर्ण नेवार समुदायलाई आग्रह गरेका छ ।

राजधानीको माइतीघर मण्डलामा आयोजित विरोधसभामा उनले भने, ‘काठमाडौं उपत्यकामा दैनिक कुनै न कुनै पर्व भइरहेका हुन्छन् । सरकार यी मौलिक पर्व मास्न खोज्दैछ। त्यसैले सबै उपत्यकावासी एकजुट हुनुपर्छ।’

उनले भने, ‘हाम्रो पहिचान नै संस्कृति हो। संस्कृतिलाई समाप्त पारिन्छ भने हाम्रो पहिचान सकिन्छ।’ उनले काठमाडौंका जनताले युगौंयुगदेखि उपभोग गर्दै आएको सांस्कृतिक सम्पदा नष्ट गरेर सरकारले विदेशीलाई संरक्षण गर्न लागिपरेको बताए। उनले भने, ‘यहाँको संस्कृतिलाई नष्ट नपारी विदेशीहरू पस्न सक्दैनन् । त्यसैले सरकारले अहिले विदेशी संस्कृति भित्र्याउन क्रियाशील छ।’

आदिवासी जनजाति महासंघका अध्यक्ष आङकाजी शेर्पाले गुठी विधेयक नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिए। ‘प्रतिक्रियावादी सरकारले जसरी यो विधेयक ल्याएर जनविरोधी कार्य गरिरहेको छ । त्यसको घोर भत्र्सना गर्नुपर्छ । त्यसलाई खारेज नगरेसम्म आन्दोलन जारी राख्नुपर्छ’, उनले भने । उनले विधेयक पारित हुन नदिन सबैलाई एकै ठाउँमा आउन आग्रह गरे । उनले भने, ‘काठमाडौंका नेवार एकजुट हुनुपर्छ । गुठीमाथि अतिक्रमण रोकिनुपर्छ ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।