सोमबार, साउन २५, २०८३

वृद्धको हत्यापछि फरार युवक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज - पर्साको रामनगरीमा गत चैतमा एक अधबैंसे पुरुषको हत्यापछि फरार युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बहुदरमाई ८ रामनगरी निवासी ५६ वर्षीय किशोरी सहनीको हत्यापछि फरार मध्ये २७ वर्षीय प्रजा सहनीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नेपाल–भारत सीमा नजिकैबाट सोमबार राति नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार किशोरी सहनी गत चैत १८ गते रामनगरीकै हरेन्द्र गिरीको गहुँ खेतमा मृत फेला परेका थिए। व्यक्तिगत रिसिबीको कारण सहनीको हत्या भएको आशंकामा प्रहरीले २७ वर्षीय प्रजा सहनी र ४० वर्षीय विनोद साह कानुलाई खोजी सूचीमा राखेको थियो।

प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले हत्याका आरोपित प्रजालाई सदरमुकाम वीरगंजमा लुकिछिपि बसेको सूचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाँबाट नियन्त्रणमा लिइएको जानकारी दिए। अर्का आरोपित विनोदको पनि खोजतलाश जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।