काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। पार्टीले मंगलबार विज्ञप्ति प्रकाशित गरी गुठी विधेयकविरुद्ध हुने संघर्षमा राजनीतिभन्दा माथि उठेर एकजुट हुन सबैसँग आह्वान गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गुठी व्यवस्थापनका नाममा सरकारले ल्याएको विधेयक नेपालको धर्म, संस्कृति, परम्परा नष्ट गर्ने उदेश्यबाट अभिप्रेरित रहेको छ। विधेयक संविधानको मर्म र भावनाविरुद्ध छ।’
