सोमबार, साउन २५, २०८३

कतारमा १४ सय २६ नेपालीको मृत्यु, सरकार मौन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - वैदेशिक रोजगारीका लागि कतार गएकामध्ये १४ सय २६ नेपालीको मृत्यु भएको तथ्यांक बाहिर आएको छ।

सन् २००९ देखि २०१९ सम्म १० वर्षमा कतारमा काम गर्न गएका १४ सय २६ नेपालीको मृत्यु भएको तथ्यांक जर्मनीको सार्वजनिक प्रसारण सेवा डब्लूडीआरले हालै सार्वजनिक गरेको एक अनुसन्धानमूलक डकुमेन्ट्रीमार्फत बाहिर आएको हो।

तर, यसबारे नेपाल सरकार अनभिज्ञ छ। २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल लागि निर्माणाधीन रंगशालामा काम गर्ने नेपालीको मृत्यु भएको बताइएको छ। रंगशाला निर्माणमा त्यहाँको सरकारले सुरक्षा तथा आवश्यक प्रविधि प्रयोग नगर्दा नेपालीहरुको मृत्यु भएको प्रसंग डकुमेन्ट्रीमा समेटिएको छ।

उक्त डकुमेन्ट्रीका अनुसार ५ सय २२ जना नेपालीको हृदयाघातबाट मृत्यु भएको छ।

कतारमा काम गर्न गएका नेपालीको अवस्था निकै खराब रहेको देखाइएको छ। नेपाली कामदारले समयमा तलब नपाउने, कागजात नहुँदा घर फर्किन नसक्नेलगायतका समस्या नेपाली कामदारले भोग्दै आएका छन्।

हेर्नुस् डकुमेन्ट्री



कतारमा काम गर्ने नेपालीका लागि दूतावास वा नेपाल सरकारले खासै चासो दिएको छैन। श्रम मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले कतारमा मृत्यु भएका नेपालीबारे बोल्न चाहेनन्।

उनले डकुमेन्ट्रीमा आएको तथ्यांकको आधिकारिकताबारे प्रश्न उठाए। रेग्मीले भने, ‘हामीले डाटा दिएका छैनौं। त्यो डाटा कहाँबाट लिनुभयो उहाँहरुलाई नै थाहा होला। हाम्रो मन्त्रालयसँग त्यस्तो डाटा छैन। त्यसका लागि वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्नुहोस्।’

मन्त्रालय स्रोतले भन्यो, ‘कतारले नेपालीलाई रोजगार दिइरहेकाले यस विषयमा सरकारले बोल्न चाहेको छैन। मन्त्रालयले तथ्यांक पनि सार्वजनिक गर्न चाहेको छैन। कतारसँगको सम्बन्ध नबिग्रियोस् भन्ने हाम्रो चाहना छ।’

डकुमेन्ट्रीमा देखाइएका समस्या र मृतकको संख्यालाई नेपाल सरकारले अस्वीकार गरे पनि पछिल्लो एक तथ्यांकले कतारमा मृत्यु हुनेको संख्या अधिक रहेको देखाउँछ।

२०७४/०७५ मा मात्रै कतारमा मृत्यु भएका मध्ये १ सय १३ पुरुष र एक जना महिला गरी १ सय १४ जनाको शव नेपाल भित्रिएको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक केलाउने हो भने दश वर्षमा कतारमा मृत्यु हुनेको संख्या त्यसभन्दा बढी हुन सक्छ।

तर, कतिपयले कतारलाई बदनाम गराउन पश्चिमा मिडियाले यस्तो प्रचारबाजी गरेको आशंका गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।